कमलको गोलमा आयोजक ‘हेमजा गोल्डकप’को उपाधि नजिक

कास्की | असार ८, २०७९

कमलको गोलमा आयोजक ‘हेमजा गोल्डकप’को उपाधि नजिक

पोखरा:  पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई पराजित गर्दैं आयोजक हेम्जा युनाइटेडउपाधि नजिक पुगेकाे छ । 

 

पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदानमा आज (बुधबार) भएको सेमिफाइनल खेलमा खुमलटारलाई २–० गोलको अन्तरले पराजित गर्दै आयोजकले फाइनलको यात्रा तय गरेको हो ।
 

 

हेम्जाको जीतमा गोल कमल थापा मगरले २ गोलको योगदान दिदैं म्यान अफ द म्याचबाट पुरस्कृत भए

।

 

उनले खेलको ५३ औं मिनेटमा आफ्नो टिमका लागि थापामगरले पहिलो गोल गर्दै अग्रता दिलाए ।  त्यसैगरि उनले खेलको ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।  जुन गोल निर्णायक बन्दै आयोजकलाई उपाधि नजिक पुर्यायो ।
हेमजाका प्रशिक्षक शौरभजंग कार्कीले आफुहरु योजना अनुरुप खेल्दा जित हासिल गर्न सफल भएको प्रतिक्रिया दिए । 

 

उनले खुमलटारको कम्जोरीको फाइदा उठाउँदा जित हासिल गर्न सफल भएको बताए । 

 

यता खुमलटारका म्यानेजर अञ्जन रानाले आफुहरुले रक्षात्मक तरिकाको खेल खेल खेल्दा स्ट्राइक लाइनमा निकै समयस्या आएको धारणा राखे ।

 

उ​नले स्ट्राइक लाइनमा कम्जोरी हुदाँ गोल गर्न नसकेको प्रतिक्रिया दिएका थिए । 
प्रतियोगिता अन्तरगत बिहिबार अफ्रिकी क्लब एभिनियर र चर्च व्याइजबीच फाइनल प्रवेशका लागि अन्तिम सेमिफाइनल खेल ९ गते हुने आयोजकले जनाएको छ ।

 

प्रतियोगितामा एपिएफ क्लब, चर्च व्याइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक हेम्जा युनाइटेडगरि कुल ८ टिमको सहभागिता रहेको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्